नेपालमा कुनैपनि भारु ठूला नोटको कारोबार गर्न नपाइने

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०७५, १७ : ४३
नेपालमा कुनैपनि भारु ठूला नोटको कारोबार गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय ठूला नोटको कारोबार नगर्न सुझाएको छ । आइतबार एकीकृत परिपत्र २०७४ संशोधन गर्दै  राष्ट्रबैंकले पुराना भारु पहिलेनै प्रतिबन्ध लगाइएको र नयाँ भारु २००, ५००, १००० र २००० का नोटहरु पनि कारोबार नगर्न भनेको छ । 

पुराना ठूला नोट ९ नोभेम्बर २०१६ देखि चलन चल्तीबाट भारतीय रिजर्ब बैंकले हटाएको छ । पछि आएका २०० र २,००० का नोट पनि कारोबार गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ । अब भारु १०० रुपैयाँको मात्र सटही सुविधा पाइने उल्लेख छ । 
यस्तै नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा लैजान र नेपाल ल्याउन नपाउने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस