प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०७५, १० : २७
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल आइतबार बिहान अस्पताल भर्ना भएकी छिन् ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि  ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. युवराज शर्मालगायतको टोलीले उनको उपचार सुरु गरेको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । यसअघि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस