फोहोर नगर्ने प्रतिबद्धता जनाउदै वे ग्रुपद्वरा १२ हजार हस्ताक्षर संकलन

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०७५, २० : ४८
फोहोर नगर्ने प्रतिबद्धता जनाउदै वे ग्रुपद्वरा १२ हजार हस्ताक्षर संकलन

चितवन । चितवनको चितवन माहोत्सबमा वे गुरुपले संकलन गरेको हस्ताक्षर अभियानमा १२ हजार हस्ताक्षर संकलन भएको छ । आँफ्नो फाहोर आँफैले ब्यबस्थापन गर्नु पर्ने भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा जथाभाबि फोहोर नगर्ने प्रतिबद्धता जनाउदै १२ हजार जनाले हस्ताक्षर गरेको वे गुरुपका संयोजक भोज नारायण कंडेलले बताए ।

विगत साढे दुईवर्षदेखि वातावरण क्षेत्रमा काम गर्दै आएको सरसफाइ अभियान समूह वे गुरुपले महोत्सवमा स्टल नै राखेर वातावरण सरसफाइसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

हस्ताक्षर गरेपछि वातावरण सरसरफाइमा ध्यान पुग्ने हुँदा सो हस्ताक्षर संकलन गरिएको हो ।

कामना विकास बैंक र उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा महोत्सवको स्टलमै श्रव्यदृश्य सामग्रीसमेत प्रसारण गरेर जनचेतना जगाइरहेको  साथै  महोत्सवमा संकलन गरिएको हस्ताक्षर भरतपुर महानगरमा बुझाइने अभियानता  अमृता घिमिरेकोे भनाई रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस