हरेक व्यक्ति कुनै न कुनै उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०७५, १८ : ४३
हरेक व्यक्ति कुनै न कुनै उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक व्यक्ति कुनै न कुनै उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । चितवनको महोत्सवको आज समापन गर्दै मुख्यमन्त्री पौडेलले उत्पादनसँग जोडिन नसके मुलुक आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन हुन नसके आत्मनिर्भर भएको पोल्ट्री क्षेत्र पनि धराशायी हुन समय लाग्दैन, त्यसैले देशलाई आत्मनिर्भर बनाउन हामी उत्पादनसँग जोडिनैपर्छ ।’
मुख्यमन्त्री पौडेलले ३ नं प्रदेशले अबको ४ वर्षमा विकासमा थुप्रै फड्को मार्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन महोत्सवलाई सके राष्ट्रिय नसके पनि प्रादेशिक महोत्सव बनाउनुपर्छ, त्यसको लागि प्रदेश सरकारले के गर्नपर्ने हो, त्यो गर्न तयार छ ।’ मुख्यमन्त्री पौडेलले केही वर्षअघिसम्म खाद्यान्न निर्यात गर्ने नेपाल अहिले आयात गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किन त यस्तो, हामी आत्मनिर्भरसँग जोडिएका छैनौँ ।’
समापन कार्यक्रममा चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले महोत्सव सफल भएको बताउनुभयो । समापन कार्यक्रम अध्यक्षतासमेत गर्नुभएको प्रधानले ५ लाख दर्शकबाट महोत्सवको अवलोकन भएको बताउनुभयो । पुस २५ गतेबाट १० दिनसम्म चितवनको गरिमामय प्रस्तुति चितवन महोत्सव नारायणी नदी किनारमा भएको हो । यो महोत्सव १२ औं महोत्सव हो । 

प्रतिक्रिया दिनुहोस