काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले नेपाल भलिबल संघले आयोजना गर्ने भलिबल खेलको पुरस्कारहरु प्रयोजन गर्ने भएको छ । पाँचवर्षका लागि बैंकले पुरस्कार उपलब्ध गराउने भएको हो ।
जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माबीच पुरस्कार प्रायोजनसम्बन्धि संझौतामा पत्रमा हस्ताक्षर बिहीबार हस्ताक्षर भएको छ ।
संझौताअनुसार नेपाल भलिबल संघले एन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २/२ लाख जनता बैंकले प्रायोजन गर्ने छ । उक्त प्रायोजन आगामी ५ बर्षसम्म उपलब्ध गराउने बैंकले जनाएको छ । दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रम माघ ११ गते आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०७५, १९ : १२
लेखकबाट थप