काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा सुख्खा बन्दरगाहाको शिलन्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले बिहीबार उद्घाटन गरेका हुन् ।
शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । स्थानीयले सुख्खा बन्दरगाह शिलान्यासको विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले उनीहरुको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाइ हुन गएको पनि उल्लेख गरे । उनले सुख्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी निर्माण गर्न लागिएको स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माण कार्य सुरु भएसँगै त्यसले मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुर्याउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०७५, १७ : ५४
लेखकबाट थप