रञ्जु दर्शनाको चरित्र हत्या गर्नेगरी समाचार लेख्ने अर्का पत्रकार पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०७५, १६ : १५
रञ्जु दर्शनाको चरित्र हत्या गर्नेगरी समाचार लेख्ने अर्का पत्रकार पक्राउ

काठमाडौं । विवेकशिल नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्नेगरी समाचार साभार गरी प्रकाशन गर्ने क्यापिटल हेडलाइन डटकमका पत्रकार सुमन अधिकारी पक्राउ परेका छन् । 

बिहीबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिसु मिडिया प्रा.लि. अन्तर्गत क्यापिटल हेडलाइन डटकमका सम्पादक अधिकारीलाई काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए । गोरखा स्थायी घर भएका अधिकारीमाथी विद्युतिय अपराध कसुर अन्तर्गत अनुसन्धान गरिने महाशाखाले जनाएको छ ।

अपराध महाशाखाले यसअघि दर्शनाकै बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने मुक्ति खबर डटकमका श्याम रोक्कालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस