दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १८ : २७
दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

दाङ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दाङमा दुर्घटना भएको छ ।  दुर्घटनामा परी ९  जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ३  बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उप-महानगरपालिका  ३ राम्री भन्ने ठाउँमा सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीका प्रमुख (डिएसपी) प्रेम बहादुर शाही नेतृत्वको टोली र  जिल्ला प्रहरी कार्यालयबाट पनि इन्सपेक्टरको नेतृत्वमा टोली खटिएको छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस