काठमाडौँ । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ । हिजो सोमबार सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबिच भएको छलफलमा प्रचण्डले आजको बैठकमा सम्बोधन गर्ने सहमति भएको थियो ।
तर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदमा आज सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् ।
प्रधानमन्त्रीज्यूको कोशी प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम एक हप्ता पहिला नै तय भएको हो । विपक्षी दलको नेताले प्रतिनिधि सभामा बोल्ने हिजोमात्र तय भयो । त्यसकारण आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन’ प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने ।
यसअघि गत माघ २४ गते प्रचण्डले संसदमा सम्बोधन गरेका थिए । उक्त दिनपनि प्रम ओली संसदमा अनुपस्थित रहेपछि प्रचण्डले गुनासो गरेका थिए ।
सामान्यतया प्रधानमन्त्रीले संसदमा बोल्दा प्रमुख प्रतिपक्ष दलको नेता र प्रमुख प्रतिपक्ष दलको नेता बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने र कुरा सुन्ने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग
प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित
प्रतिनिधि सभा बैठक सुरु