रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वाेच्चद्वारा रिट जारी, योग्यतामाथिको प्रश्न खारेज

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, १५ : ४७
रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वाेच्चद्वारा रिट जारी, योग्यतामाथिको प्रश्न खारेज

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनको पक्षमा रिट जारी गरेको हो ।

यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको कानूनी प्रश्नको निवारण भएको छ । २०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको निर्णयविरुद्ध डा.कार्की सर्वाेच्चमा गएपछि अदालतले आयोगको निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । २०७९ कात्तिक १४ गते दायर भएको रिटमा पटकपटक सुनुवाई र पेशी सरेपछि मंगलवार यसको टुंगो लागेको हो ।

प्रतिक्रिया दिनुहोस