वासिङ्टन डीसी । खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेको छ ।
यो संख्या भनेको सौर्यमण्डलमा अन्य ग्रहहरूसँग भएको भएको उपग्रहको दोब्बर संख्या हो । अर्थात् शनि ग्रह उपग्रहहरूको राजा बनेको छ । यसअघि बृहस्पतिका सबैभन्दा धेरै उपग्रहहरू थिए ।
क्यानडा फ्रान्स हवाई दूरबिन प्रयोग गरेर खगोलविद्हरूले यसअघि नै शनिका ६२ वटा उपग्रह पहिचान गरेका थिए ।‘पक्कै हो, हामीले १२८ नयाँ उपग्रह फेला पारेका छौँ ।’ प्रमुख अनुसन्धाता तथा ताइवानको एकेडेमिया सिन्सियामा इन्स्टिच्युट फर एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्सका पोस्ट डक्टोरल फेलो डा। एडवार्ड एस्टोनले भने ।
उपग्रहको संख्यामा बृहस्पतिले अब शनिलाई उछिन्छ भन्ने आफूले नसोचेको पनि उनले बताए । २०२४ फेब्रुअरी ५ सम्म बृहस्पतिलाई परिक्रमा गर्ने उपग्रहको संख्या ९५ थिए ।
शनिलाई परिक्रमा गर्नेको संख्या यही हप्ता इन्टरनेसनल एस्ट्रोनोमिक युनियनले औपचारिक रूपमा पुष्टि गरेको हो । शनिलाई घुम्ने १२८ वटै नयाँ उपग्रह ‘अनियमित चन्द्रमा’ भएको र आलुको आकारमा यी वस्तुहरू केही किमीको दूरीमा भएको बताइएको छ ।
ग्रहलाई घुम्ने वस्तुको संख्यामा भइरहेको यो वृद्धिले भविष्यमा केलाई उपग्रह मान्ने भनेर बहस र विवाद चर्काउने निश्चित प्रायः छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंगल ग्रह पुग्न कति समय लाग्छ ?