विराटनगर। कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दा प्रधानमन्त्रीले गालीगलौज गरे विपक्षीले प्रतिवाद गर्ने बताएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीसँगको छलफलपछि तीन विपक्षी दलले छुट्टै छलफल गरेका थिए ।
त्यसक्रममा संघीय संसद्मा जस्तो ‘अमर्यादित भएर’ गालीगलौज गरे प्रतिवाद गर्ने निष्कर्ष निकालिएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताए ।
‘संघीय ससद् प्रधानमन्त्रीज्यूको थलो हो’, उनले भने ‘यहाँ हाम्रो थलो हो । यहाँ हाम्रो थलोमा आएर गालीगलौज गर्नु भयो भने नियमापत्ति गर्नेदेखि सदन चल्न नदिने गरि छलफल गरेका छौं ।’
प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । बैठकमा माओवादी दलका नेता आङबो, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गौतम सहभागी थिए ।
कोशी प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार