विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार जनताको पक्षमा संविधान संशोधन गरेर जानुपर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राजको स्थापना गर्नुपर्ने बताए ।
उनले भने, ‘न्यायोचित कानुन बनाएपछि मात्रै कानुनी राज स्थापना हुन्छ । त्यसका लागि कानुनहरू सशेधान गर्नुपर्छ ।अन्यायपूर्ण कानुन त हिजो पनि थियो नि पञ्चायतमा थियो । राणा शासनमा थियो । तर जनताले न्याय पाएका थिएनन् । अब जनताको पक्षमा कानुन बनाउँदै कानुनी राज्यको स्थापना गर्नुपर्छ ।’
उनले देश पछाडि नभएर अगाडि बढ्ने बताए । ‘कुनै पनि हालतमा देश पछाडि फर्कन सक्दैन यसका लागि हामीले मदन भण्डारी लोक मार्ग बनायौ । विकास निर्माणका काम थाल्यौ । प्रदेश सभामा बोल्दै उनले अहिले केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।
उनले भने, ‘अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनेर भाष्य स्थापित गर्न खोजिएको छ तर यो सत्य होइन ।’
केही वर्षमा कति वर्षमा सम्पन्न नभएका असाधारण काम सम्पन्न गरेको बताए । विकास निर्माणका हिसाबमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेको दाबी गरे । उनले सिङै नेपाल सुशासन युक्त संवृद्ध बनाउनु पर्ने बताए ।
उनले सिँगै नेपालीलाई सुखी बनाउनु पर्ने बताए । उनले कोशी प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी साक्षरता प्रतिशत बढी भएको बताए । उनले आफूहरू गरिबी हटाउन मात्रै नलागेर समृद्ध बनाउन लागि परेको दाबी गरे ।
‘गरिबी हटाउनु भनेको जीवन यापन गर्नु मात्रै हो । समृद्ध भनेको त्यो भन्दा धेरै माथिको कुरा हो । शिक्षा स्वास्थ्य रोजगारी वातावरण र विकासको क्षेत्रमा आफ्नो सरकारले काम गरेको छ, ‘उनले भने, अवश्य छिटो केही गरौँ भन्नेमा छौ । रोजगारीका अवसर निर्माण गरौँ भन्ने हो तर त्यसका लागि उद्यमशीलतामा लाग्नु पर्छ । हरेक मान्छे काम खोज्न हिँड्यो भने के हुन्छ ? कहाँ पाइन्छ जागिर त्यसका लागि हामी उद्यमशीलताको विकासमा गर्न लागेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
अनलाइनबाट हुने अपराधलाई राज्यको सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैनः प्रधानमन्त्री
प्रधानमन्त्रीले चिनियाँ मन्त्रीसँग किन भेट्न मानेनन् ?
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री ओली
छात्रवृत्तिमा आवेदन दिनेको संख्या नपुगेको भन्दै प्रधानमन्त्रीले निकाले सूचना