किभ । अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु गरेको छ । पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् ।
युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।
पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए ।
‘म पुष्टि गर्न सक्छु कि जसियोन्का मार्फत हतियार आपूर्ति सामान्य रूपमा जारी छ । मेरो जानकारी अनुसार, स्टारलिङ्कले पनि राम्रोसँग काम गरिरहेको छ ।’ सिकोस्र्कीले भने।
रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि उनले बताए । युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई ‘धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक’ भनेर वर्णन गरेका थिए । ‘युक्रेन यो युद्ध अन्त्य गर्न चाहन्छ र एउटा न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति
युक्रेन र अमेरिकाबीच सहमति: रुससँग ३० दिन अस्थायी युद्धविराम
साउदी अरबको जेद्दाहमा सुरु भयो अमेरिका र युक्रेनबिच वार्ता
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुने, जेलेन्स्की भने सहभागी नहुने
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु