भरतपुर महानगरले आफनो मातहतमा ल्यायो वडा नम्बर २१ को  १७ कठ्ठा जमिन

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १८ : १२
भरतपुर महानगरले आफनो मातहतमा ल्यायो वडा नम्बर  २१ को  १७ कठ्ठा जमिन

चितवन । भरतपुर २१ को कृष्णचोक पुर्व मनिपुरमा रहेको १७ कठ्ठा जमिन भरतपुर महानगरपालिकाको मातहतमा ल्याइएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको सार्वजानिक जग्गा संरक्षण समितिले उक्त जग्गा महानगरको मातहतमा ल्याएको हो ।  

यस अघि मनिपुर स्कुलले प्रयोग गरे पनि स्थानिय हरि बहादुर थापाले कब्जा गरेको जमिन महानगरपालिकाले आफनो संरक्षणमा ल्याएको हो ।

जमिन शुक्रबार समितिका संयोजक अरुण पिडित भण्डारीसहित समितिका सदस्य तथा वडा अध्यक्षहरु चित्रसेन अधिकारी, मणिलाल तामाङ, कर्ण बहादुर गुरुङ, पदमपाणी सुवेदी, वडा सदस्य किशोर पौडेल र सदस्य सचिव विसुराम कुँवरको उपस्थितिमा महानगरले आफनो मातहतमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस