नेकपाको स्थायी कमिटी बैठकमा किन गरियो ओली र प्रचण्डको आलोचना ?

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०७५, १३ : ०३
नेकपाको स्थायी कमिटी बैठकमा किन गरियो ओली र प्रचण्डको आलोचना ?

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना भएको छ । 

नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको  बैठकमा यस्तो आलोचना भएको हो। गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो ।

आज बिहिबारको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको नेकपाका महा सचिव विष्णु पौडेलले जानकारी दिए । बैठक शुक्रबार पनि जारी रहने छ । 

बैठक सुरु भएयता हालसम्म बैठकमा ३४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको आलोचना गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस