मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै होली पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको उल्लेख गरेका छन् ।
होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गदै सन्देशमा उनले पर्वको महत्त्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु हो भनेका छन् ।
“चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन् । नेपाल सभ्यता र संस्कृतिमा धनी छ । आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्,” सन्देशमा उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०८१, ११ : १७
लेखकबाट थप