भानु माविको महायज्ञलाई लक्षित गरी उत्प्रेरणा कार्यक्रम

सफल खबर संवाददाता

विहीबार, २० मंसिर २०७५, १८ : २०
भानु माविको महायज्ञलाई लक्षित गरी उत्प्रेरणा कार्यक्रम

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २१, मा रहेको भानु माध्यमिक बिद्यालयले आयोजना गर्न लागेको धान्याचल महायज्ञलाई सफल बनाउन उत्प्रेरणा कार्यक्रम गरिएको छ । भरतपुर आसपास रहेका  स्कुलका  पूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, व्यवसायीबीच बिहीबार सो कार्यक्रम सम्पन्न गरिएको छ । यही पुष १ गतेबाट शुरु हुन लागेको महायज्ञलाई सफल बनाउन र सहयोग संकलन गर्ने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको हो  । 

२०१८ साल असोजबाट औपचारिक अध्यापन  शुरु गरिएको विद्यालयको स्तरोन्नती र पूर्वाधार निर्माणको लागि महायज्ञ आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं धान्याचल महायज्ञ मूल आयोजक समितिका सहसंयोजक दिलिप न्यौपानेले जानकारी दिनु भयो । उहांँका अनुसार बिद्यालयको भौतिक संरचना, उच्च माध्यमिकतह संचालन एवं प्राविधिक कक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । ९ दिन सम्म चल्ने सो महायज्ञको लागि विभिन्न समाजसेवी, बुद्धिजीवी, शिक्षाविद लगायतका व्यक्तिहरुसंँग छलफल तीब्र पारिएको छ । जसअनुसार यसबीचमा ५० वटा भन्दा बढी भेला तथा छलफल गरी सकिएको छ । समितिले सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी , तथा अभिभावकहरुसंँग देशका विभिन्न ठाउंँमा कामको शिलशिलामा रहेका व्यक्तिहरुसंँग भेटगरी महायज्ञको बारेमा छलफल, सुझाब एवं आर्थिक सहयोग समेत संकलन गरेको छ । अध्यक्ष न्यौपानेका अनुसार समितिले ५ करोड रकम संकलन गर्ने लक्ष्य लिएकोमा हाल सम्म महायज्ञको लागि ६० लाख रुपैयांँ भन्दा बढी  दाताबाट बचनबद्धता गरिएको छ । 

सो अवसरमा बोल्दै धान्याचल महायज्ञ समितिका अधयक्ष नारायणप्रसाद आचार्यले महायज्ञ सफल पार्न प्रचारप्रसारलाई तीब्र पारिएको बताउनु भयो । उहांँका अनुसार महायज्ञको उद्धघाटन नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्षबाट उद्धघाटन गरिने र नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाबाट महायज्ञको समापन गरिने कार्यक्रम रहेको छ । २०१८ सालमा स्थापित यस विद्यालयमा हाल १० कक्षासम्म अध्यापन भइरहेको छ । हाल ७०० भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका बिद्यालयमा मुख्यतया ७५ प्रतिशत भन्दा बढी भूमिहीन र दलित विद्यार्थी पढ्ने यस सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा बृद्धि गर्न महायज्ञको आयोजना गरिएको आयोजकको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस