निर्मला लागि न्याय मग्ने १२ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २० मंसिर २०७५, १६ : १५
निर्मला लागि न्याय मग्ने  १२ जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईका अनुसार राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको हो । 

प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए । प्रसाईका अनुसार निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हाल उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस