खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसाद वर्खास्त

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०७५, १६ : २८
खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसाद वर्खास्त

काठमाडौँ । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् ।

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ।

तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयल स्रोतले जनाएको छ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ ।

प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ। यसअघि खानेपानी मन्त्रालयका कानुन शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्तवमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस