महालक्ष्मी विकास बैंक दमौली शाखा कार्यालयको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०७५, १५ : ५४
महालक्ष्मी विकास बैंक दमौली शाखा कार्यालयको उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा आज तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफा सडकस्थित दमौली शाखा कार्यालयको उद्घाटन गरेको छ । 

दमौली शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले दीप प्रज्वलनका साथ गर्नु भएको थियो । उक्त अवसरमा विशेष अतिथिका रुपमा स्थानीय विकास अधिकारी भरत कुमार शर्मा रहनु भएको थियो । कार्यक्रमको अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक शिद्घ विक्रम शाह, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायत विभिन्न कार्यालयका प्रमुखहरु, व्यास नगरपालिकाका प्रतिनिधिहरु, दमौली बजार ईकाइ समितिका प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकार महासंघ तनहुँका प्रतिनिधिहरु, व्यवसायी तथा अन्य स्थानीय सज्जनवृन्द महानुभावहरु रहनु भएको थियो । उक्त अवसरमा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो । 

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत गर्नुभयो । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब ४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस