जनता बैंकको मुद्दती र बचत खातामा सर्वाधिक व्याजदर

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०७५, १८ : ४०
जनता बैंकको मुद्दती र बचत खातामा सर्वाधिक व्याजदर

काठमाडौं । जनता बैंक नेपालले समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने बैंकले जनाएको छ ।
मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज दर कायम गरिएको छ । यस मुद्दती योजनामा ग्राहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अवधिको लागि र व्यक्तिगत निक्षेपमा लागु गरिएको छ ।
साथै यस बैंकको सम्पूर्ण बचत खाताको व्याजदर बार्षिक ७ प्रतिशत कायम गरिएको छ । उपरोक्त व्याज दर यहि २०७५ मंसिर १९ गते देखि लागु हुनेछ ।


 

प्रतिक्रिया दिनुहोस