जन्मदिनको अवसरमा गणेशधाममा आर्थिक सहयोग

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०७५, १४ : १५
जन्मदिनको अवसरमा गणेशधाममा आर्थिक सहयोग

चितवन । गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म हुन गईरहेको  श्रीमदभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को लागि डाक्टर रौनक पौडेलले २६ हजार रुपैया सहयोग गर्नु भएको छ ।
भरतपुर १० निवासी डाक्टर हरिकृष्ण पौडेल र शारदा पौडेलका छोरा रौनकले आफ्नो जन्मदिनको अवसर पारेर सो रकम सहयोग गर्नुभएको हो । 

सो अवसरमा डाक्टर रौनकले गणेशधाम निर्माण गर्ने महाअभियानमा आफ्नो पनि सहभागिता जनाउन पाउदा निकै खुसी लागेको बताउनु भएको छ । अब आउने शनिवार बाट सुरु हुने महायज्ञ सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ । 

महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ ।

महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । भने पुर्व प्रधानमनत्री एवं नेपाल कम्युनिष्ट पाटी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छन । गुरुयोजनालाई मुर्तरुप दिनका लागि प्रारम्भम प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस