सर्वोच्चले भन्यो– सिके राउतलाई रिहाइ नगरी बयानका लागि अदालतमा उपस्थित गराउनु

सफल खबर संवाददाता

सोमबार, १७ मंसिर २०७५, १८ : ४८
सर्वोच्चले भन्यो– सिके राउतलाई रिहाइ नगरी बयानका लागि अदालतमा उपस्थित गराउनु

काठमाडौं  । सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दामा पक्राउ परेका सिके राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज हुने फैसला सुनाएको छ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई असोज २१ मा जिल्ला प्रहरी कार्यालय, रौतहटले नियन्त्रणमा लिएको थियो । प्रहरीले राउतसँग सोधपुछ गरिरहेको छ । जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारेख लिएर फर्किँदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो । स्वतन्त्र मधेशको नारा लगाउँदै राउतले भड्किलो वक्तव्य दिँदै आएका भन्दै प्रह रीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेपछि राउतका तर्फबाट कात्तिक १२ गते सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको मुद्दा दायर भएको थियो । राउतको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलाशले उनलाई साधारण तारेखमा रिहा गर्न अस्वीकार गरेको हो । करीब एक महिनाको सुनुवाइपछि सर्वोच्चले राउतलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्वीकार गरेको हो ।राउतलाई रौतहट जिल्ला अदालतमा राज्यविरुद्धको संगठित कसुर मुद्दामा बयानका लागि उपस्थित गराउनसमेत सर्वोच्चको आदेशमा भनिएको छ । सर्वोच्चले जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत उनलाई अदालत पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस