उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०७५, १६ : ५३
उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका लागि आज अस्पताल पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सम्पूर्ण शरीरको चेकजाँच गराउने क्रममा आज ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए । सोही सिलसिलामा आइतबार पनि प्रचण्डले स्वास्थ्य चेक गराउनुभएको उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस