निर्मला हत्या काण्डबारे यस्तो आयो राष्ट्रसंघको धारणा

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०७५, १७ : ०१
निर्मला हत्या काण्डबारे यस्तो आयो राष्ट्रसंघको धारणा

‘युएन स्पेसल र्‍यापोटर अन भायलेन्स अगेन्स्ट वुमन’ डुब्राभ्का सिमोनोभिकले निर्मला बलात्कार तथा हत्या सम्बन्धी छानबिनमा नेपाल सरकारको कमजोरी उनको अन्तिम रिपोर्टमा समावेश हुने बताएकी छन् । नेपालका विभिन्न दस गाउँको भ्रमण तथा व्यापक अध्ययन गरेकी सिमोनोभिकले बिहीबार पत्रकारहरुसँग भनिन्, ‘निर्मला प्रकरणमा सरकारको कदमले विभिन्न आशंका उठाएको र त्यो पक्षलाई आफ्नो अन्तिम प्रतिवेदनमा समावेश गर्नेछु ।’

त्यस्तै अघोषित रुपमा सरकार र देखिने केही मानवअधिकारवादी नेताहरुको गोप्य पहलमा संक्रमणकालीन न्यायका लागि विशेष संयन्त्र बनाउन भइरहेको खेलमा पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रसंघ प्रवेश गरेको र उसले निश्चित मापदण्ड तय गरिसकेपछि त्योभन्दा फरक ढंगले संक्रमणकालीन न्यायबारे प्रतिपादन गर्ने कार्य राष्ट्रसंघका लागि आपत्तिजनक मानिनेछ । खासगरी सत्ताधारी नेकपासँग नजिक मानिएका केही मानवअधिकारवादी नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई विस्थापित गरी अर्को उच्चसंयन्त्र बनाउने खेल भइरहँदा सिमोनोभिकको यो भनाइ सरकारका लागि चेतावनीस्वरुप आएको छ ।

प्रतिक्रिया दिनुहोस