असारसम्म द्वन्द्वपीडितका समस्याहरु समाधान हुन्छन् : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १४ : ५३
असारसम्म द्वन्द्वपीडितका समस्याहरु समाधान हुन्छन् : प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो असारसम्म द्वन्द्वपीडितका सम्पूर्ण समस्याहरु समाधान हुने बताउनुभएको छ ।
चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा पत्रकारसँगको छोटो भेटघाट कार्यक्रममा द्वन्द्वपीडितको अवस्था पहिलेको जस्तो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा धेरै नै सुधार भएको छ, अब सके जेठ नसकेपनि असारसम्म बाँकी रहेका शान्ति प्रक्रियाका सम्पूर्ण विषयवस्तुहरु टुङ्गो लाग्छन् ।’ 
उहाँले प्रधानमन्त्रीले यसमा स्टेटमेन्ट दिनुभएको र द्वन्द्वपीडितका समस्याहरु चाँडै पूरा हुने दावी गर्नुभयो । पत्रकारहरुको फरक प्रश्नमा अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलको समेत क्षेत्र विस्तार गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो । 
तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । आज शान्ति सम्झौता भएको १२ वर्ष पुग्यो । 


 

प्रतिक्रिया दिनुहोस