एकैपटक १६ सहरमा नयाँ प्रविधिका  गाडीहरुको सैद्धान्तिक ज्ञान

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १३ : ०७
एकैपटक १६ सहरमा नयाँ प्रविधिका  गाडीहरुको सैद्धान्तिक ज्ञान

चितवन । सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले देशभर १६ वटा सहरमा मेकानिक्सहरुलाई नयाँ प्रविधिका गाडीहरुको सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिएको छ । 
चितवन, हेटौंडा, बुटवल, वीरगञ्जलगायतका १६ वटा सहरका मेकानिक्सहरुलाई सैद्धान्तिक ज्ञान दिएको सिप्रदी टे«डिङ प्रालिले जनाएको छ । प्रालिले चितवन जिल्लामा नारायणगढ र खैरहनी पर्सामा आज झन्डै १०० मेकानिक्सहरुलाई सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको चितवनमा टाटा गाडीको आधिकारिक डिलर्स सफल मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । मंसिर १ गतेबाट सुरु भएको यो तालिम मंसिर ४ गतेसम्म चल्नेछ । 
चितवन अटो मेकानिकल व्यवसायी संघको सहकार्यमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए । नयाँ प्रविधिका गाडीहरुलाई विना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्नेलगायतका विषयमा ज्ञान दिइएको सञ्चालक तथा प्रबन्ध निर्देशक भट्टराईले बताए । 
सञ्चालक भट्टराईको अध्यक्षतामा सैद्धान्तिक ज्ञानको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनी थिए । कार्यक्रममा उनले मेकानिक्सहरुलाई दिइएको तालिम ठूलो अवसर भएको बताए । 

कार्यक्रमका विशिष्ट अतिथि चितवनमा ४० वर्षदेखि अटो वर्कसप सञ्चालन गरिरहेका दुर्गाप्रसाद भट्टराईले सिप्रदी गु्रपअन्तर्गतका कम्पनी र प्राविधिकबीचको सम्बन्ध सुमधुर बनाउन तालिमले सहयोग पुगेको बताएका थिए । 
कार्यक्रममा अटो मेकानिकल संघका निवर्तमान अध्यक्ष बलराम भण्डारी, सिप्रदी टेडिङ म्याक लुब्रिकेन्टका आधिकारिक डिलरका सञ्चालक शिवकुमार जोशीले समयको क्रमसँगै गाडीहरुका नयाँ प्रविधि आएको हुनाले त्यस्ता प्रविधिको ज्ञान लिन आवश्यक भएको बताए । 
सिप्रदी टेडिङ सेन्टरका प्रशिक्षक सञ्जीव गेलालले प्रशिक्षण दिएका थिए । उनले गाडीमा सेल्फ हानेन भने कसरी चलाउने, विना ल्यापटप एवीएस सिस्टममा भएको फल्ट कसरी पत्ता लगाउनेजस्ता विषयमा ज्ञान दिएका थिए । 
अटो पार्टस्का द्रोणकुमार पाठकले कार्यक्रम सञ्चालन गरेका थिए भने सिप्रदी टेडिङका म्याक लुब्रिकेन्टका सन्दीप गोदार थापाले अतिथिहरुलाई स्वागत गरेका थिए । मेकानिक्सहरुलाई दिइएको यस्तो तालिम नेपालमै पहिलो भएको सफल मोटर्सका सञ्चालक गोपाल भट्टराईले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस