नेविसंघ कार्यसमितिको म्याद थपेर महाधिवेशन गराउने जिम्मेवारी दिन देउवा र पौडेल सहमत

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १३ : ०६
नेविसंघ कार्यसमितिको म्याद थपेर महाधिवेशन गराउने जिम्मेवारी दिन देउवा र पौडेल सहमत

काठमाडौं । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन  गराउन निर्देशन दिने भएको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल वर्तमान कार्यसमितिलाई म्याद थप गरेर अधिवेशन गर्ने जिम्मा दिन सहमत भएका छन् । आज बस्ने केन्द्रीय समिति बैठकले सो निर्णय सार्वजनिक गर्ने प्रवक्ता शर्माले सफल खबरलाई बताए ।

प्रवक्ता शर्माले बढिमा तीन महिनाभित्र अधिवेसन हुनेगरी मिति तय गर्ने पनि जनाए । नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद पनि आजैबाट सकिँदैछ ।

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस