नेविसंघको भावि कार्यदिशाको बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०७५, १३ : ३८
नेविसंघको भावि कार्यदिशाको बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौँ । नेविसंघको कार्यकाल सकिने भएपछि नेपाली कांग्रेसले त्यसबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने बैठकमा महासमिति बैठक, नेविसंघको समयावधि लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि आज सकिँदैछ । दुई वर्षभित्र महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भए पनि ३२ वर्षे उमेरहदलगायत विवादले नेविसंघले महाधिवेशन गर्न सकेन ।

प्रवक्ता शर्माका अनुसार सर्वसम्मतिकै वातावरणबाट केही निर्णयमा पुगिन्छ  । ‘तीन वटा विकल्कमाथि छलफल हुन्छ,’ शर्माले सफल खबरसँग भने, ‘महर नेतृत्वको यही समितिको म्याद थप गर्ने, समिति भंग गरेर अहिलेकै सभापतिको नेतृत्वमा निश्चित समयलाई तदर्थ समिति बनाउने र सभापति तथा समिति दुवैलाई विदाई गरेर नयाँ गठन गर्ने ।’

यी तीन वटा विकल्प कांग्रेस केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत गरिन्छ । जुन विकल्पमा कम विवाद हुन्छ त्यहीअनुसार नेविसंघलाई अघि बढाइने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस