काठमाडौं । व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छोड्न अदालतले आदेश दिएको छ ।
बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ उनलाई छोड्न अदालतले आदेश दिएको हो । विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।
महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारि दिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०७५, १९ : ०७
लेखकबाट थप