पाल्पामा एक महिला मृतावस्था फेला

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १४ : ०८
पाल्पामा एक महिला मृतावस्था फेला

बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् । नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको  जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको  पाल्पाका  डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस