सङ्खुवासभामा महिलाको शव फेला

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०८१, १४ : २७
सङ्खुवासभामा महिलाको शव फेला

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । 

आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस