एजेन्सी । टोटनह्याम हट्सपरलाई पराजित गर्दै लिभरपुलले २० औँ पटक इङलिस प्रिमियर लिग उपाधि हात पारेको छ।
आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा टोटनह्याममाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।
टोटनह्यामाथिको सानदार जितले लिभरपुलले चार खेल बाँकी रहँदा नै उपाधि जित्ने सातौँ टोली बनेको छ। लिगमा दोस्रो स्थानको आर्सनलको ६७ अंक हुँदा उपाधिबाट टाढिएको हो।
जितसँगै लिगको ३४ खेलमा लिभरपुलले २५ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोग्दै ८२ अंकमा शीर्ष स्थानमा रहँदै उपाधि आफ्नो पक्षमा पार्यो।
उपाधिसँगै लिभरपुलले २० औँ पटक च्याम्पियन बनेको हो। सन् १९९२÷९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि लिभरपुलको यो दोस्रो उपाधि जितेको हो।
त्यसअघि लिभरपुलले १८ पटक लिग उपाधि उचालेको थियो। यो उपाधिसँगै लिभरपुल कीर्तिमानी २० औँ पटक इङलिस च्याम्पियन बन्यो। जितसँगै लिभरपुलले म्याचेष्टर युनाइटेडसँगको उपाधि बराबरी गरेको छ। युनाइटेडले अन्तिम पटक सन् २०१२÷१३ मा उपाधि जितेको थियो।
टोटनह्याममाथि जित निकालेसँगै लिभरपुलले सन् १९९० पछि पहिलो पटक आफ्नै समर्थकको अगाडि उपाधि जितेको खुसी मनाउन पाएको थियो। यसअघि सन् २०२० मा लिभरपुलले उपाधि जितेपनि कोभिड महामारीका कारण एनफिल्डमा बन्द ढोकापछाडी उपाधि उचालेका थिए।
लिभरपुललाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता भएपनि एकपक्षिय खेलमा टोटनह्यामाथि सानदार जित हात पारेको हो।
पहिलो हाफको १२ औँ मिनेटमा लिभरपुलका पुर्व स्ट्राइकर डोमिनिक सोलान्केले टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ बैशाख २०८२, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी