काठमाडौँ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे ।
त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।
कार्यसूचीको चौँथो नम्बरमा रहेका दुई विषय हटाएर सभामुख घिमिरेले बैठक भोलीसम्मका लागि स्थगित गरे । चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची