एजेन्सी । टोटनहाम हटस्पर्स र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेलमा गोलको वर्षा भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल ६-३ ले विजयी भएको हो। जित सहित लिभरपुलले अङ्क तालिकाका ४ अङ्कको अग्रता लिएको छ।
२३ औं मिनेटमा लुकास डियाजको गोलमा अग्रता लिएको लिभरपुलका लागि १३ मिनेटपछि एलिक्स म्याक एलिस्टरले गोल गरे। मध्यान्तर अघि जेम्स मेडिसनले गोल गर्दै टोटनहामको आशा जगाएका थिए। मेडिसनको सो गोल सिजनको आठौँ व्यक्तिगत गोल समेत हो। त्यसको लगत्तै मोहम्मद सलाहको पासमा डोमिनिक जोबोस्लाईले गोल गरे।
५४ औं मिनेटमा सलाहले गोल गरे। उनको सो गोल लिभरपुलका २२८ औं गोल हो। लिभरपुलका लागि सबै भन्दा बढी गोल गर्ने खेलाडीको रूपमा उनी बिली बिडेलसँग बराबरी गर्न सफल भए। त्यसको लगत्तै अर्को गोल गरेर उनी इतिहास कायम गर्न सफल भएका हुन्।
खेल सकिन १८ मिनेट बाँकी रहँदा डेजान कुलेक्सीले टोटनहामका लागि अर्को गोल गरे। डोमिनिक सोलान्केले अर्को गोल गरे। डियाजले अन्तिम समयमा लिभरपुलको छैटौँ गोल गरे। विजयी लिभरपुल १६ खेलमा ३९ अङ्कसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा रहेको चेल्सीको १७ खेलमा ३५ अङ्क छ। एभरटन र चेल्सीबीच आइतबार राति भएको खेलमा गोलरहित बराबरी भयो। फुलहाम र साउथहाम्टन बिचको खेलमा पनि गोलरहित बराबरी भयो। उल्भ्सले लिसेस्टर सिटी तथा बोर्न माउथले म्यानचेस्टर युनाइटेडलाई ३-०ले हराए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ पुस २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित
लिभरपुलको लगातार दोस्रो जीत