दाङ । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतंककारी हमलाको निन्दा गरेका छन्।
पार्टीको कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
उनले भने, ‘भारतको कस्मिरमा हिन्दुहरुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो चाहिँ जघन्य अपराध हो र जो कोही यसको पछाडि छन यो आतंकमा संलग्न छन तिनीहरूलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो, यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिक पनि मारिएका छन्। उनी लगायत सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु, यो घटनमा हामी भारत र भारतीय जनताको साथमा छौ।’
प्रवक्ता महतले यस्तो खाले आतंकवादका विरुद्ध सारा विश्व एक हुने पर्ने पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन