काठमाडौँ । नेपाली काँग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएको छ । संघीय संसद्को छैटौँ अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।
‘आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन’ घिमिरेले भने ।
जिडिपीको ४०र४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुन्छ ।’नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा उनको जोड छ । छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको समेत उनले बताए ।
‘कृषि उद्योग र जलस्रोत क्षेत्रमा छिमेकी मुलुकबाट लाभ लिन सक्दछौँ । यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौँ’ उनले भने । ठूला परियोजना नेपाल ल्याउन सक्ने यस निम्ति अन्तराष्ट्रिय लगानी आकर्षित गर्नुपर्ने उनले बताए । नेपालमा केही भएको छैन भन्ने भाष्य गलत रहेको भन्दै उनले थप प्रगतिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेहरू गलत रहेको उनले बताए । परिवर्तनको अवस्था तथ्यमै देखिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी