काठमाडौं । सहकारी ठगी प्रकरणमा सरकारले नै दुई थरी रवैया अबलम्बन गरेको आरोप लागिरहेका बेला शनिबार राती कांग्रेसका समानुपातिक सांसद माया राई पक्राउ परिन् ।
आफना सांसदलाई छानीछानी जोगाउने, तर अरुलाई पूर्वाग्रह राखी कारवाहीको डन्डा चलाउने काम सरकारले गरिरहेको आरोप कांग्रेस एमालेको अहिलेको सत्ता गठबन्धनलाई लागिरहेको थियो ।
भुटानी शरणार्थी प्रकरण देखि ठूला ठूला भष्टाचार काण्डमा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले मेरो तेरो नभनी कारवाही प्रक्रिया अगाडी बढाएपछि प्रचण्ड नेतृत्वको सरकार रातारात ढालिएको थियो ।
त्यसयता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथी आफनालाई जोगाउनेकाममा लागेको आरोप लागेको थियो । अझ सहकारी प्रकरणमा राप्रवा सभापति रवि लामिछानेमाथी कारवाही प्रक्रिया अगाडी बढाउने तर कांग्रेस सांसद माया राई, एमाले सांसद ऋषिकेश पोखरेल सम्मलाई जोगाउने काम गरेको आरोप लागिरहेको थियो ।
अझ कांग्रेस सांसद माया राइ ८ महिनायता प्रहरीको फरार सूचीमा थिइन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएपछि उनी फरार सूचीमा थिइन् ।
तर उनीमाथी कांग्रेस–एमाले गठबन्धन सरकारले पक्राउ गर्ने सवालमा कुनै स्टेप चालेको थिएन । उनी एक्काशी शुक्रवार संसद भवनमा देखिइन् । प्रहरीको फरार सूचीमा रहेकी सांसद प्रहरीकै तीन घेरा पार गरेर शुक्रवार संसदमा पुगिन् र हाजिर गरेर बाहिरिन् ।
यसपछि पनि सत्ता गठबन्धनमाथी थप दवाव परिरहेको थियो । संसदमै प्रश्न उठन थालेको थियो । भोजपुरबाट जनजाती कोटामा सांसद बनेकी र कांग्रेस सभापति शेरवहादुर देउवा निकट रहेकी सांसद राई निर्वाध संसद पुगेर हाजिर गरेपनि प्रहरीले अन्देखा गरेको आरोप लागेपछि ओली र देउवामाथी दवाव परेको थियो ।
यसबारेमा शनिबार ओली र देउवावीच बालुवाटारमा भएको छलफलमा पनि प्रश्न उठेको थियो । गृहमन्त्री रमेश लेखक र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत रहेर भएको ओली देउवा छलफलमा सरकारमाथी आफनालाई जोगाएको आरोप प्रतिपक्षीले लगाउन थालेको र यसको फेस सेभिङ गर्न अप्ठ्यारो परेको कुरा उठेपछि माया राईलाई पक्राउ गर्ने समझदारी बनेको थियो ।
यस अगाडी अदालतले पक्राउ गर्न भनेपनि कांग्रेस नेता गृहमन्त्री भएको र प्रहरीले गृहमन्त्रीलाइै सोध्दा ततकाल पक्राउ नगर्न भनी आदेश दिने गरेका कारण सांसद राइृ पक्राउ पर्न बाट जोगिदै आएकी थिइन् । शनिबार बालुवाटारमा उनको बारेमा पनि प्रश्न उठेपछि तत्काल पक्राउ गर्ने तर जोगाउन हरसम्भव उपायको खोजी गर्ने समझदारी बनेको बताइन्छ ।
त्यसपछि नै हो कांग्रेस सांसद राई शनिबार बेलुकी आफ्नै निवास काठमाडौंको कपनबाट पक्राउ परेकी । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनलाई जोगाउने योजनाका साथ अहिले पक्राउ गरिएको आशंका छ ।
सहकारी ठगीमा प्रहरीको खोजी सूचीमा रहेकी सांसद माया राई आठ महिनापछि शुक्रबार संसद्मा उपस्थित भएकी हुन् । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी थिइन् । हाजिरलगत्तै उनी हिँडेकी थिइन् ।
अहिले उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाइ गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन