आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०८२, १५ : ३१
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरु अघि बढ्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरु ठूला दलहरु पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए ।

उनले दलहरुबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे ।आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसंग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए ।

सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोधमात्रै नभइ रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अहिलको व्यवस्थालाई सफल पार्न सवै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरि शिक्षकहरुको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।

उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस