काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ ।अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ ।
नेप्से परिसूचक ३.५८ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ । कारोबारकै क्रममा १२ : २५ बजे २६८४ अंकसम्म पुगेको थियो । आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स ।
बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।
भूगोल इनर्जीको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानिमा माइ हाइड्रोपावरको ७.१९, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२.०७ अंकले बढ्यो सेयर बजार
घट्यो सेयर बजार
सेयर बजार घट्यो
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो