धनगढी । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को बोराडाँडीबाट चरेससहित एक महिला र धनगढीसहितका अन्य स्थानबाट खैरो हेरोईनसहित अन्य तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई पक्राउ गरेको छ ।
बोहरालाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट २ किलो ५८० ग्राम चरेस बरामद गरिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूूहको टोलीले धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट डोटीको जोरायल गाउँपालिका–१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर वि.कलाई पक्राउ गरेको छ ।
उनको साथबाट दुई ग्राम १२० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको छ । धनगढी–३ कै शिशा पोष्ट नजिकबाट गोदावरी नगरपालिका–२ बस्ने २७ वर्षीय सागर चौधरीलाई पक्राउ गरिएको छ । उनको साथबाट एक ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ को ब्यारेलबाट बैतडीको दशरथचन्द नगरपालिका–१ बस्ने २७ वर्षीय बिरेन्द्र सिंह भाटलाई पनि पक्राउ गरिएको छ । चेकजाँच गर्दा उनको मुखबाट ६६० मिलिग्राम लागुऔषध खैरो हेरोइन) बरामद गरिएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ परे
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ