हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १५ : ११
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं,’ महासचिव पोखरेलले भने, ‘…सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको छ ।’ उनले पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गनु नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस