काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ ।
फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’ पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल
अनुदान फर्किनुमा दाता नै जिम्मेवार : महासचिव पोखरेल