काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।
'छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ। छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ,' पोखरेलले लेखेका छन्।
उनका अनुसार आज रुस र युक्रेन दुवैका लागि युद्ध घाडो बनिसकेको छ, तर युद्ध अन्त्यका लागि उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिँदैछ।
महासचिव पोखरेलले शान्ति र स्थायित्वका लागि हरेक देशले गम्भीर रूपमा सोच्नुपर्ने उल्लेख गर्दै भनेका छन्, 'क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव हुँदैन।'
उनका अनुसार, यदि एशियाली देशहरूले आपसी सम्बन्धको विकासमा ध्यान दिए, एशिया पुनः विश्वसभ्यताको केन्द्रका रूपमा स्थापित हुन सक्छ।
अमेरिकाको पछिल्लो रणनीतिले अब एशिया नै भूराजनीतिक द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको पोखरेलको ठहर छ।
गाजामा प्यालेस्टिनी भूभाग कब्जा गर्ने योजनाले त्यसको पुष्टि गर्ने उनको भनाइ छ। साथै, रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग नभई खनिज सम्पदाको प्राप्तिसँग बढी सम्बन्धित देखिएको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल
अनुदान फर्किनुमा दाता नै जिम्मेवार : महासचिव पोखरेल
अध्यादेश रोकिनेवाला छैन, पास गर्ने अनेक विकल्प छन् : महासचिव पोखरेल
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
अहिलेको सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल
ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ : शंकर पोखरेल