काठमाडौ । समाजवादी मोर्चाले आज गर्न लागेको जनप्रदर्शनलाई सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘सकारात्मक पहल’ भन्दै समर्थन गरेका छन्।
शुक्रबार एकैदिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा र राजावादी समूहले काठमाडौँका छुट्टाछुट्टै स्थानमा जनप्रदर्शन गर्दैछन्।
एमाले महासचिव पोखरेलले समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका हुन्। गएराति सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो।‘
उनले राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा र एकअर्कामा आलोचना र विरोध गर्ने तथा जनअभिमतबाट आफूलाई स्थापित गर्दै जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दा डटेर सामना गर्ने पनि बताएका छन्।
‘राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्छन्। एक अर्काको आलोचना र विरोध पनि गर्छन्। जनअभिमतवाट आफूलाई स्थापित गर्ने कोशिससमेत गर्छन्। तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्छ भने त्यसको डटेर सामना पनि गर्न सक्छन्। इतिहासले धेरै पटक प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल
अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले महत्वपूर्ण पाठ सिकाएको छ : पोखरेल
देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल
अनुदान फर्किनुमा दाता नै जिम्मेवार : महासचिव पोखरेल