कास्की । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार गत आइतबार राति पौडेल पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा पुगेका थिए । त्यहाँ उनले विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए ।
तर, पैसा तिर्ने बेलामा भने ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाकधम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । यसबारे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।
उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ डिएसपीको सरुवा, को-कहाँ ?
नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा
बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)