काठमाडौं। पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको छ । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेका तर्फबाट दायर रिट आइतबार पेशीमा चढेको हो ।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो: रवि लामिछाने