काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ ।
लामिछानेलाई यति एयरलाइन्सको पहिलो उडानबाट रुपन्देही लगिएको प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ ।
सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो । गएराति उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।
यसअघि माघ १३ गते लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालतको आदेश उच्च अदालतले उल्टाइदिएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज