बुटवल । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । सोमबार कारागार चलान हुँदै गर्दा उनले सो प्रतिक्रिया दिएका हुन् ।
उच्च अदालतको आदेशपछि काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो । सबै
आवश्यक प्रक्रिया पश्चात् कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा अदालतको आदेश प्रति के छ प्रतिक्रिया भन्ने सञ्चारकमीहरुको प्रश्नमा उनले भने, ‘केही छैन, केही छैन ,अदालतप्रति सम्मान छ ।’
लामिछानेलाई कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् ।
३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
लामिछाने शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो: रवि लामिछाने
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी